विराटनगरमा ७ प्रहरीसहित १५ जनामा कोरोना पुष्टि

विराटनगरमा ७ प्रहरीसहित १५ जनामा कोरोना पुष्टि

काठमाडौँ । विराटनगरमा ७ प्रहरीसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत ७ प्रहरीसहित १५ जनामा काेराेना संक्रमित पुष्टि भएकाे विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार संक्रमित प्रहरीहरु ४१, ४२, ३७, २५, ३५, २४ र ३३ वर्षका छन् । संक्रमितहरु विराटनगर महानगरपालिका वडा नं। ६ र ७ का हुन् । वडा नम्बर ७ मा ३०, ३६, २५ र ४५ वर्ष उमेरका पुरुषहरुमा संक्रमण देखिएको छ ।

यसैगरी वडा नम्बर ६ काका २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार