कर्णालीमा थप ६ जनामा कोरोना पुष्टि, ६ जना डिस्चार्ज

कर्णालीमा थप ६ जनामा कोरोना पुष्टि, ६ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ६ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणबाट सोमबार थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेख, सुर्खेत र रुकुम पश्चिमका दुईरदुई जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९ सय ४५ पुगेको छ ।

यस्तै, कर्णालीमा सोमबार थप ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अब कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या १७ सय २८ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार