सप्तरीमा ६ जना प्रहरीमा कोरोना पुष्टि

सप्तरीमा ६ जना प्रहरीमा कोरोना पुष्टि

काठमाडौँ । सप्तरीमा ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार जिल्लामा थपिएका ७ जना संक्रमितमध्ये ६ जना प्रहरी रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए । संक्रमित हुने सबै प्रदेश प्रहरी तालिम केन्द्र राजविराजमा कार्यरत छन् । उनीहरु सबै प्रहरी जवान हुन् ।

सोमबार सप्तरीमा देखिएका अर्का संक्रमित भने जीवन बिमा कम्पनीमा काम गर्ने ३८ वर्षका पुरुष हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ३१ पुगेको छ । कोरोना संक्रमणका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार