कपिलवस्तुमा स्रोत नखुलेको १६ लाखसहित एक पक्राउ

कपिलवस्तुमा स्रोत नखुलेको १६ लाखसहित एक पक्राउ

काठमाडौँ । कपिलवस्तुस्थित नेपाल भारत सीमा क्षेत्र नजिकबाट स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कपिलवस्तुको मायादेवी गाउँपालिका-१ पकडीका ३६ वर्षीय विनोद सोनार रहेको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए।

मायादेवी गाउँपालिका-४ ठकुरापुर गोब्ली बगैंचामा भारतबाट नेपाल आउँदै गर्दा सीमा क्षेत्रमा सो रकम सहित सोनारलाई पक्राउ गरिएको हो। विशेष सुराकीका आधारमा सोनार उपर निगरानी गर्दा सो रकम पक्राउ भएको बताइएको छ। पक्राउ परेका सोनारको साथबाट १ हजार दरका एक/एक सय थानका १२ गड्डी र ५ सय दरका एक/एक सय थानका ८ गड्डी नेपाली रुपैयाँ बरामद भएको हो।

पक्राउ परेका सोनार र १६ लाख रुपैयाँ सुठौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले बताए। सुनको अवैध कारोबार गर्न र नेपाल तर्फबाट सुन भारततर्फ तस्करी गर्नका लागि सो रकम ओसारपोसार हुँदै गरेको हुन सक्ने आशंका गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार