रुकुममा ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरीसहित चार जना पक्राउ

रुकुममा ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरीसहित चार जना पक्राउ

खलंगा । रुकुम पश्चिममा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रुकुम जिल्ला सेक्रेटरी सहित चार जना पक्राउ परेका छन् । जिल्लाको आठबिसकोट नगरपालिकाको एक होटल बाट लुकीछिपी बसेको भन्ने खबर पाएपछि रुकुम पश्चिमका जिल्ला सेक्रेटरी हिरामणी रावल (मन्जित) सहित चार जना पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जानकारी दिएको छ ।

पक्राउ गर्नेहरुमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा, पार्टीको जिल्ला सदस्य घमण्ड महर र पार्टीको जिम्मेवारी नखुलेका तुल बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार साँझ पक्राउ गरि उनीहरुलाई जिल्ला सदरमुकाम खलंगा ल्याइदै छ । सरकारले उक्त पार्टीलाई प्रतिबन्ध लगाएको कारणले पक्राउ गरिएको र थप अनुसन्धान अगाडि बढाउने प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार