संघीय संसदका प्रवक्तालाई कोरोना पुष्टि

संघीय संसदका प्रवक्तालाई कोरोना पुष्टि

काठमाडौं । संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।

उक्त टोलीमा रहेका सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्ता डा. पाण्डे सहितका सचिवालयका ८ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो । तर, पाण्डेको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार