कोरोनाको जोखिम बढेपछि सुर्खेतमा सेवाग्राहीको भिड हुने कार्यालय बन्द

कोरोनाको जोखिम बढेपछि सुर्खेतमा सेवाग्राहीको भिड हुने कार्यालय बन्द

काठमाडौँ । कोरोना भाइरस संक्रमणको जोखिम नघटेको भन्दै सुर्खेत जिल्लाका सेवाग्राहीको अत्यधिक भिड हुने कार्यालयहरु साउन २५ गतेबाट बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतल बिहीबार सूचना जारी गर्दै साउन २५ गतेदेखि मालपोत, यातायात, कर कार्यालय लगायत सेवाग्राहीको अत्यधिक भिड हुने कार्यालयहरु बन्द हुने जानकारी गराएको हो ।

जिल्ला प्रशानबाट प्रदान गरिने नागरिकता वितरण, राहदानी सिफारिस, संघसंस्था दर्ता तथा नवीकरणलगायतका सेवा प्रवाह पनि बन्द गरिने कार्यालयले जनाएको छ ।यस्तै जिल्ला प्रशासन कार्यालयले मानिसहरू जमघट हुने गरी कुनै पनि कार्यक्रम नगर्न निर्देश्न दिएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले जमघट हुने गरी कुनै पनि सभा, गोष्ठी, सेमिनार, तालिम, जुुलुस, जात्रा, महोत्सव र धार्मिक कार्यक्रम गर्न रोक लगाएको हो ।

चाडपर्वहरू पनि नजिकिँदै गएकाले गाइजात्रालगायतका जात्रा लाग्ने र विभिन्न विरोधका नाममा प्रदर्शनहरू हुँदा भिडभाड बढ्ने भन्दै समितिले यस्ता गतिविधिमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार