पहिरोमा पुरिएर एक बालकको मृत्यु

पहिरोमा पुरिएर एक बालकको मृत्यु

काठमाडौँ । बाजुरा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–४ डाँडा बाडाको गुवानी माथिबाट खसेको पहिरोमा पुरिएर १२ वर्षीय अनिश विकको मृत्यु भएको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए ।

पहिरोमा परेर स्थानीय ६० वर्षीय भिके कामी गम्भीर घाइते भएका छन् । पहिरोमा परेर ४ बाख्रा र एक गोरु पनि मरेका उनले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार