कोरोनामा ५ करोड ९० लाख खर्च भएपछि सिरहा नगरपालिकामा अख्तियारको छापा

कोरोनामा ५ करोड ९० लाख खर्च भएपछि सिरहा नगरपालिकामा अख्तियारको छापा

काठमाडौँ । सिरहा जिल्लाको सिरहा नगरपालिकामा अख्यिारले छापा मारेको छ। कोरोना नियन्त्रण तथा रोकथाममा खर्च गरेको रकमको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबाँसबाट खटेको टोलीले छानबिनका लागि नियन्त्रणमा लिएको हो।

कोभिड १९ रोकथाम, नियन्त्रणमा खरिद सम्बन्धी कागजातको प्रतिलिपि छानबिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको अधिकृत नवराज सुवेदी नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो।

सिरहा नगरपालिकाले कोरोनामा खर्च गरेको विवरणमा अनियमितताको गुनासो आएपछि आयोगको टोलीले छानबिन थालेको हो। सिरहा नगरपालिकाले जिल्लास्तरीय कोभिड नियन्त्रण समितिलाई ५ करोड ९० लाख ८६ हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको थियो।

के केमा खर्च भयो ५ करोड ९० लाख ?

सिरहा नगरपालिकाले मास्क खरिदमा २० लाख २ हजार ९ सय ९७, थर्मगन १५ हजार ७ सय ५३, ग्लब्समा ६ लाख ८८ हजार ८ सय, सेनिटाइजर १४ लाख १ हजार ९७, सावुन १ लाख ७२ हजार १ सय ९५, पीपीई ९ लाख १८ हजार ४ सय ९१, किटनाशक औषधि छर्कने स्प्रे ५ हजार, रेनकोट १ लाख ९३ हजार रुपैयाँको खरिद गरेको देखाएको छ ।

यस्तै, रेनबुट ३ लाख १२ हजार १ सय ५०, डस्ना ४ लाख ५५ हजार ८ सय ५०, बेड २ लाख ५९ हजार ४ सय, झुल सुपानेट ३ लाख ३० हजार, तन्ना ४ लाख ५० हजार ३७७.५, तकिया २ लाख ८ हजार ९ सय ५०, तकिया खोल ३१ हजार ९ सय २७, कम्बल ४ लाख २४ हजार ५ सय ७५, स्प्रीट २ हजार ६ सय रुपैयाँको खर्च विवरण दिएको छ ।

विद्युतिय सामाग्री ६ लाख ५६ हजार ६ सय २५, खानेपानी धारा सामाग्री खरिद २ लाख ५८ हजार ६ सय ५१, फलामे खाट ११ लाख ९४ हजार ६ सय ८५, किटनाशक औषधि छर्किने स्प्रे ठूलो १ लाख ४९ हजार ७ सय २५, क्वारेन्टाइन बस्नेको खाना, नास्ता र चिया ३१ लाख ८३ हजार ५ सय, जोखिम भता ४१ लाख २५ हजार ८३०, लामखुट्टे औषधि खरिद तथा छर्किने कार्य १६ लाख २९ हजार ९३६ र सरसफाई १७ लाख ५० हजार खर्च गरेका छन् ।

यस्तै वडा नम्बर १ देखि २२ सम्म राहत वितरणमा २ करोड ७७ लाख ७९ हजार ४ सय, वडा १ देखि २२ सम्म माक्स, सेनिटाइजर, साबुन, ग्लोव्स वितरणमा १ करोड ४ लाख ८४ हजार ९ सय १६ खर्च रहेको विवरण सार्वजनि गरेको छ । सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले नियम प्रक्रिया मिलाएर खर्च र भुक्तानी भएको बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार