कर्मचारीमा कोरोना देखिएपछि एभरेष्ट बैंकको केन्द्रीय कार्यालय सिल

कर्मचारीमा कोरोना देखिएपछि एभरेष्ट बैंकको केन्द्रीय कार्यालय सिल

काठमाडौं  । एभरेष्ट बैंककाे केन्द्रीय कार्यालयका दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। दुई जनामा काेराेना पोजेटिभ देखिएपछि सोमबार र मंगलबारका लागि कार्यालय बन्द गरिएको छ।

बैंकका एक कर्मचारीलाई कोरोना भएको आशंकामा काेराेना परीक्षण गरिएको थियो। शुक्रबार परीक्षण गर्दा दुई जनामा पोजेटिभ देखिएको हो। शुक्रबार गरिएको परीक्षणको रिपोर्ट आइतबार आएको हो।

बैंकले आफ्नाे केन्द्रीय कार्यालय लाजिम्पाटका सम्पूर्ण कर्मचारीको कोरोना परीक्षण गरिसकिएकाे जनाएकाे छ। केन्द्रीय कार्यालय दुई दिनका लागि बन्द गरिए पनि अन्य सम्पूर्ण शाखाहरु सञ्चालन भैरहेका छन्। बुधबारदेखि केन्द्रीय कार्यकालयकाे काम कारबाही सुचारु हुने बैंकले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार