बैतडीमा महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना पक्राउ

बैतडीमा महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना पक्राउ

बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरेकाे आराेपमा दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ। जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई प्रहरीले साेमबार पक्राउ गरेकाे हाे।

ती दुवै जनामाथि पुर्चौडीकै न्वादेउ स्वास्थ्यचौकी अन्तर्गतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्ट र ३१ वर्षीया कार्यालय सहयोगी बिमला कुँवरमाथि कुटपिट गरेको आरोप छ। उनीहरुलाई घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।

आइतबार स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि ती युवकले कुटपिट गरेको भन्दै जानकीले प्रहरीमा उजुरी दिएकी थिइन्। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार