अब दश वटा नाकाबाट मात्र नेपाली आउन पाइने

अब दश वटा नाकाबाट मात्र नेपाली आउन पाइने

काठमाडौँ । सरकारले अब १० वटा नाकाबाट मात्रै नेपाल आउन पाइने बताएको छ। स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

उनका अनुसार स्काथल झापाको करभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगञ्‍ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गौरीफन्टा र कैलालीको गड्डा चौकी नाका बाट मात्र आउन पाउने छन्। यसका साथै त्‍यसबाहेकका नाकाबाट नेपाल प्रवेश गरे कानुनी कारबाही गरिने प्रवक्ता खतिवडाले बताए।

यसअघि जेठ १२ को निर्णयमा २० नाकाबाट नेपाल प्रवेश गर्न सकिने निर्णय गरिएको थियो। त्यसमा मन्त्रिपरिषदले संशोधन गर्दै १० नाकामा झारेको हो। सीमा नाका भने भदौ ३१ गते बुधबारसम्म बन्द गर्ने निर्णय मन्त्रिपरिषदले गरेको प्रवक्ता खतिवडाले बताए। मालसामान ढुवानी र जोखिममा रहेका नेपालीलाई नाकाबाट आउन दिने उनले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार