बाढीले बगाएको पोथी गैंडा मृत अवस्थामा फेला

बाढीले बगाएको पोथी गैंडा मृत अवस्थामा फेला

काठमाडौँ । राप्ती नदीले बगाएर मंगलबार एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाटनजिक नदीमा करीब १५–२० वर्षको पोथी गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटले जानकारी दिएका छन ।

मेघौलीनजिक राप्ती नदीमा बाढी घट्दै गएपछि गैंडा देखिएको प्रारम्भिक अनुमान गरिएको छ । यसअघि २०७४ सालमा आएको बाढीका कारण बगाएका १३ वटा गैँडा उद्धार गरिएको थियो । यसै महिनामा मात्र भारत पुगेको एक गैँडा नेपाल आएको मौका पारेर उद्धार गरिएको छ ।

त्यतिबेला राप्ती र नारायणी नदीको बाढीले वन्यजन्तु बगाएर कतिपय मरेका थिए । यस वर्ष प्राकृतिक कारणले गैँडा मरेको यो पहिलो हो । गत आर्थिक वर्षमा निकुञ्ज र राष्ट्रिय वनमा प्राकृतिक कारणबाट २६ वटा गैँडा मरेका थिए । यसमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुईवटा वन क्षेत्रमा गैँडा मरेका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार