सेभिल्ला र शाख्तर डोनेस्क पुगे युरोपा लिगको सेमिफाइनलमा

सेभिल्ला र शाख्तर डोनेस्क पुगे युरोपा लिगको सेमिफाइनलमा

स्पेनिस क्लब सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलमा इंग्लिस क्लब वुल्भ्सलाई अन्तिम समयमा गरेको गोलले पराजित गरी सेभिल्लाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सेभिल्लाको जितमा ८८ औँ मिनेटमा लुकास ओक्याम्पोसले गरेको गोल नै निर्णायक बन्यो । वुल्भ्स आउँदो सिजन युरोपियन प्रतिस्पर्धा हुने छैन । प्रिमियर लिगमा सातौँ स्थानमा रहेको वुल्भ्सका लागि युरोपा लिग आउँदो सिजन पनि युरोपियन प्रतिस्पर्धामा कायम रहने आशको एक मात्र मार्ग थियो । तर क्वाटरफाइनलबाटै बाहिरिएपछि सम्भावना समाप्त भएको हो ।

सेमिफाइनलमा सेभिल्लाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्ने छ। यस्तै एफसी बासेललाई ४–१ ले पराजित गरेर सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ शाख्तर डोनेस्क । उसले फाइनल प्रवेशका लागि इन्टर मिलानसँग प्रतिस्पर्धा गर्ने छ

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार