डोटीमा बस दुर्घटना : ३ जनाको ज्यान गयो, २९ घाईते

डोटीमा बस दुर्घटना : ३ जनाको ज्यान गयो, २९ घाईते

तस्बिर : केदारनाथ पाण्डे

काठमाडौँ । डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा ना ६ ख २५२९ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर श्रेष्ठले दुर्घटनामा परी तीन जनाको घटना स्थलमै मृत्यु भएको बताए।

मृतकहरुको सनाखत भने भएको छैन्। प्रहरीका अनुसार दुर्घटनामा परी २९ जना घाईते भएका छन्। उनीहरुको उद्दार गरी उपचारका लागि अस्पताल लैजाने काम भईरहेको छ। घाईतेहरु मध्ये ७ जनाको अवस्था भने गम्भीर छ।

त्रिनगर सीमानाकाबाट ३२ जना यात्रु बसमा सवार रहेको बताएको छ । बस सडकबाट करिब ५० मिटर तल खसेको छ । वर्षाका कारण सडक चिप्लो भएकाले बस पल्टिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार