पाकिस्तानको संकट समाधान गर्न विलासी कार, हेलिकप्टर र ८ वटा भैसीसम्म बेच्दै इमरान खान

पाकिस्तानको संकट समाधान गर्न विलासी कार, हेलिकप्टर र ८ वटा भैसीसम्म बेच्दै इमरान खान

पाकिस्तानी सरकार पैसाको कमीसँग जुधिरहेको छ । इमरान खानको नेतृत्वमा बनेको नयाँ सरकारले यो कमी पूर्ति गर्ने अनौठो विकल्प भेटेको छ – प्रधानमन्त्री कार्यालयको बिलासी कार र हेलिकप्टरहरु बेच्ने ।

यो कार्यलाई मूर्त रुप दिन प्रधानमन्त्रीको आवासको अगाडिको खाली ठाँउमा अहिले बिलासी कारहरुमाथि इच्छुक ग्राहकले बोली लगाउँदै छन् । बुलेट प्रुफ र ठूला विलासी कारहरुले कयैन खरिददारहरलाई आकर्षित ग¥यो । तर खरिददारको चाखको बाबजुद सरकारले चाहेजति रकम भने उठ्न सकेको छैन ।

सरकारले यो लिलामीबाट १ करोड ६० लाख डलर आउने आसा गरेको छ तर हालसम्म ६ लाख डलर मात्रै उठेको छ ।

आफू जुधिरहेको ऋण संकट समाधन गर्नको लागि पाकिस्तानी सरकार आफ्नो स्वामित्वमा रहेका अन्य कयैन बस्तुहरुको लिलामी गर्ने सोच बनाइरहेको छ ।

यस कोशिश अन्तर्गत मन्त्रीमण्डलको प्रयोगको लागि राखिएको चार हेलिकप्टर पनि लिलामी हुनेछन् । बोली लगाउनेहरु यसको लिलामीलाई लिएर निक्कै चाख मानिरहेका छन् । हेलिकप्टरको लिलामीहरु यो महिनाको अन्त्यमा हुनेछ ।

प्रधानमन्त्रीको आवासको भैंसीहरु समेत लिलाम हुने !

खानको सरकार प्रधानमन्त्रीको आवासमा रहेको आठ वटा भैसी पनि बेच्दैछ भन्ने चर्चा रहेको छ । तर सरकारले आधिकारिक रुपमा अहिलेसम्म यसबारेमा केही भनेको छैन ।

यो महिनाको शुरुमा प्रधानमन्त्री इमरान खानको सहयोगी नइमुल हकले भैंसीहरुको लिलामीको कुरा निकालेका थिए । उनले यसबारेमा ट्वीट गरेर सबैलाई अचम्मित पारिदिएका थिए ।

उनले ट्वीटमा कारहरुको लिलामीपछि ८ वटा भैंसीहरु पनि लिलामी गरिनेछ लेखका थिए । उनले ती भैंसीहरुको बारेमा व्यङ्ग्य गर्दै लेखेका छन् कि ती भैंसीहहरु पूर्व प्रधानमन्त्री नवाजले आफ्नो ‘ग्यास्ट्रनोमिक्स’ आवश्यताको लागि राखेका थिए ।

इमरान खान यही वर्ष जुलाईमा पाकिस्तानको प्रधानमन्त्री बनेका हुन् । पद सम्हालेपछि नै उनले सरकारी कामहरुमा मितव्ययी अभियान चलाएका छन् । तथापी आलोचकहरुले यो अभियान यथार्थमा भएभन्दा बढी देखाउनलाई भएको आरोप लगाएका छन् ।

अघिल्लो महिना इमरान खान ट्राफिक जाम छल्नको लागि हेलिकप्टर प्रयोग गरेर आफ्नो घर गएकोमा आलोचनाको निशानामा परेका थिए ।

केही मानिसहरुले सरकारको कारहरुको लिलामी नयाँ कुरा नभएको बताएका छन् । यो सधैं भइरहने कार्य भए पनि इमरान खानले यसलाई प्रचार गरेको उनीहरुको भनाई रहेको छ ।

सोमबार १०० भन्दा बढी कारहरु लिलामीमा राखिएको थियो जसमध्य आधा बिलासी कार थियो । तथापी ती मध्य ६२ कारहरु मात्रै बिके ।

कारको उच्च मूल्य सुनेर लिलामीमा आएकाहरुमा हाँसोको फोहोरा !
लिलामीमा राखिएका कारहरुमा सबैभन्दा महंगो कार थिए दुई वटा एस–६००एस । यी कारहरु सन् २०१६ मा पूर्व–प्रधानमन्त्री नवाज शरीफको पालामा किनिएको थियो ।

जब यी दुई कारहरु प्रत्यकको लागि १३ लाख डलरको शुरुवाती बोली लगाइयो त्यहाँ बोली लगाउनलाई पुगेका करिब ५०० मानिसहरु हाँस्न थाले ।

यी दुई कारमाथि कसैले बोली लगाएनन् । ती बाहेक अन्य बिलासी कारहरुमा सात वटा बीएमडब्ल्यू र १९९३ मा बनेको १४ मर्सिडिज बेन्ज एस–३०० पनि बिकेनन् ।

लिलामीमा ल्याइएको अर्को महंगो कार थियो टोयोटा २०१५ बुलेट प्रुफ ल्याण्ड क्रुजर जसको मुल्य करिब दुई लाख डलर थियो ।

केही कारहरु बिलासी नभएर सामान्य कारहरु थिए जुन ८० को दशकमा नै लिइएको थियो ।

रावलपिण्डीका अफजलले दुई कारहरु किने । त्यसमध्ये एउटा त्यहाँ बेचिएको सबैभन्दा कम रकमको कार थियो । यसमध्ये एक सुजुकी मेहरान भनिने २००५ को एक ह्याचब्याक मोडल पनि छ, जसलाई उनले ४००० डलरमा किने ।

अफजलनले उक्त कार आफ्नो छोराको लागि किनेका हुन् । कारमा बढी रकम तिरेको बारेमा उनी भन्छन्,“यसको लागि बढी पैसा तिरेकोमा मलाई पछुतो छैन । आखिरमा यो पैसा सरकारी कोषमा नै जाने हो । हाम्रो प्रधानमन्त्री पनि यही त चाहन्छन् । ”

कराँचीबाट आएका एक व्यक्तिले चार २००५ आम्र्ड मर्सिडिज जीपमध्य एक किने । उनले आफ्नो मालिक औषधी उद्योगको भएको र जुनसुकै हालतमा पनि विरासी गाडी चाहेको बताए ।

बोली लगाउनको लागि आएका मानिसहरुमध्य कयैनमा सरकारले भविष्यमा लिलाम गर्ने भनिएको चार हेलिकप्टर र आठ भैसींहरुमा चाख थियो । त्यीनको लिलामी छिट्टै हुँदैछ ।

ऋण समस्यासँग जुध्नको लागि बिलासी कार बेच्नु अतिरित्त पाकिस्तानको नयाँ सरकारले सरकारी स्वामित्व रहेको भवनहरुलाई विश्वविद्यालयमा बदल्दैछ । त्यसका अतिरिक्त उसले सरकारी कार्यालयहरुमा रहेको एयर कण्डिश्नर हटाउने योजना पनि अघि सारेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार