बाँफिकोटमा खेलाडीलाई भलिवल वितरण

बाँफिकोटमा खेलाडीलाई भलिवल वितरण

मुसिकोट । अन्तरराष्ट्रिय युवा दिवस २०७७ को अवसरमा रुकुमको बाँफिकोटमा युवा खेलाडीहरुलाई भलिवल वितरण गरिएको छ । नेपाली कांग्रेसका पूर्व सचिव हर्कसिं खत्री र कांग्रेस बाँफिकोट गाउँपालिका ३ स्यानीदह टोल कार्य समितिका सभापति बुद्दी मान ओलीको सयुक्त पहलमा खेलाडीहरुलाई भलिबल र जाली नेट वितरण गरेका हुन ।

स्थानीय स्तरमा विभिन्न खेलहरु ओझेलमा परेको भन्दै खेललाई जगेर्ना गर्ने उदेश्यले खेलकुद सामाग्री बितरण गरिएको पूर्व सचिब खत्रीले जानकारी दिएका छन । खेलकुद सामाग्री बाँफिकोट गाउँपालिका ३ लालीगुराँस युबा कल्ब का अध्यक्ष आशिष केसीलाई हस्तान्तरण गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार