कर्णालीको जुम्ला र रुकुमपश्चिमका २ जनामा कोरोना संक्रमण

कर्णालीको जुम्ला र रुकुमपश्चिमका २ जनामा कोरोना संक्रमण

काठमाडौँ । आइतबार कर्णाली प्रदेशका दुई जिल्लामा दुई जना कोरोना संक्रमित थपिएका छन् । कर्णालीका विभिन्न प्रयोगशालामा ४०६ जना व्यक्तिको स्वाब परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्ला चन्दननाथ नगरपालिका–२ का ३४ वर्षीया पुरुष र रुकुमपश्चिम चौरजहारी नगर ५३ वर्षीया पुरुषमा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ६७ पुगेको छ छ । यस्तै आइतबार कर्णालीका एक जनाले कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन ।

अहिले सम्म कर्णालीका कोरोना संक्रमणबाट निको हुनेको संख्या १९१४ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । भने सक्रिय संक्रमितको संख्या १४७ रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार