दाङमा रिपोटर्स क्लबको प्रदेश भेला हुने

दाङमा रिपोटर्स क्लबको प्रदेश भेला हुने

शरद रेग्मी
तुलसिपुर पौष १३
नेपाल भ्रमण बर्षको सुरुवात सगै रिपोटर्स क्लब नेपालको प्रदेश भेला दाङमा आयोजना गर्ने तयारि गरिएको छ ।
रिपोटर्स क्लब नेपाल प्रदेश नम्बर ५ का अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रदेश नम्बर ५ को भेला पौष महिनाको अन्तिम साता दाङमा गर्ने निर्णय गरेको हो ।
सो अबसरमा रिपोटर्स क्लब नेपालका केन्द्रिय अध्यक्ष ऋषि धमला सहित बाह्र जिल्लाका क्रियाशिल पत्रकार, नागरिक अगुवा सहित बिभिन्न दलका नेताहरु दाङमा आउने कार्यक्रम तय गरिएको छ ।
काठमाण्डौ सहित बाह्र जिल्लाका पत्रकार र नागरिक अगुवाहरु दाङमा आउदै गर्दा जिल्लाको पर्यटन प्रबर्दन र प्रचार प्रसारमा समेत टेवा पुग्ने अपेक्षा आयोजकले गरेको छ । सो कार्यक्रममा जिल्ला र प्रदेशमा बिभिन्न क्षेत्रबाट योगदान पुर्याएका उधोगपति,ब्यबसायि,सुरक्षाकर्मी र दुई जना उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत गरिने कार्यक्रम समेत तय गरिएको महासचिब बिमल गौतमले जानकारि दिनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार