घरेलु खेलकुदका सबै गतिविधि स्थगित

घरेलु खेलकुदका सबै गतिविधि स्थगित

काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएसँगै घरेलु खेलकुदका सम्पूर्ण गतिविधि अनिश्चितकालका लागि स्थगित भएका छन् । घरेलु खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गएराति एक विज्ञप्ती जारी गर्दै अर्को सुचना जारी नहुँदासम्म सम्पूर्ण खेलकुद गतिविधि रोक्ने जनाएको हो ।

पछिल्लो समय खेलाडी तथा सम्बद्ध कर्मचारीमा कोरोना सक्रमण देखिएसंगै राखेपले सूचना जारी गरि खेलकुद गतिविधि बन्द गर्ने निर्णय लिएको हो । राखेपले परिषद बाट सम्पादन हुने अत्यन्त जरुरी बाहेक सबै कामहरु समेत बन्द गरिएको जनाएको छ ।

साउन पहिलो साताबाट लकडाउन हटेसंगै व्यक्तिगत खेलका तथा अन्य खेलाडीहरुले पनि प्रशिक्षण सुरु गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार