विश्वमा कोरोना संक्रमितको संख्या २ करोड २२ लाख

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड २२ लाख

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या विश्वमा २ करोड २२ लाख नाघेको छ । हालसम्म विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या २ करोड २२ लाख ५६ हजार २२० पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ८२ हजार ४५६ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार