मेस्सीलाई टिममा फकाउँदै बार्सिलोना

मेस्सीलाई टिममा फकाउँदै बार्सिलोना

बार्सिलोना अझै पनि कप्तान लियोनल मेस्सीकै वरपर टिम बनाउने योजनामा रहेको र उनलाई क्लबमै रहनका लागि मनाउने प्रयास भइरहेको बार्सिलोनाका स्पोर्टिङ्ग डाइरेक्टरले बताएका छन् ।

क्लबका स्पोर्टिङ्ग डाइरेक्टर रामोन प्लानेसले ३३ वर्षे मेल्सीलाई बार्सिलोनामै रहनका लागि मनाउने हरसम्भव प्रयास भइरहेको जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ ।

मेस्सीले मंगलबार आफूलाई स्वतन्त्र रुपमा क्लब छोड्न मिल्ने गरी सम्झौतामा रहेका व्यवस्थाहरुमा काम गर्न माग गरी बार्सिलोनालाई पत्र पठाएका थिए ।

६ पटक बालोन डी’ओर जितेका मेस्सी बार्सिलोनाका कीर्तिमानी गोलकर्ता हुन् । उनले बार्सिलोनाका लागि ६३४ गोल गरेका छन् ।

स्पोर्टिङ्ग डाइरेक्टर प्लानेसले भनेका छन्, ‘जे भयो भयो तर हामी अझै पनि विश्वकै सबैभन्दा महत्वपूर्ण खेलाडी मेस्सीकै वरपर टिम बनाउने तयारीमा छौँ ।’

बार्सिलोना र मेस्सीबिचको सम्बन्ध वैवाहिक सम्बन्ध जस्तै रहेको बताएका उनले दुवैले दुवैलाई दिएको उल्लेख गरे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार