पूजारी हत्याको विरोध गर्न लगाइएको रोकप्रति विश्व हिन्दु महासंघको आपत्ति

पूजारी हत्याको विरोध गर्न लगाइएको रोकप्रति विश्व हिन्दु महासंघको आपत्ति

काठमाडौं । रौतहटमा पुजारी श्रीराम शाहको गोली हानी हत्या गरिएको घटनामा विरोध प्रदर्शन गर्न सरकारले रोक लगाएको घटनाप्रति विश्व हिन्दु महासंघले आपत्ति जनाएको छ।

महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै घटनाको विरोध र दोषीलाई कारबाहीको माग गर्नेलाई निगरानी र कारबाही गर्न गृह मन्त्रालयले दिएको निर्देशनमा आपत्ति जनाउँदै ‘रक्षक नै भक्षक’ भएको बताएको छ। भदौ ३ गते रौतहटको नारायण नगरपालिका-२ स्थित हनुमान मन्दीरका पुजारी शाहको हत्या भएको थियो। प्रहरीलाई दोषीलाई पक्राउ गर्न सकेको छैन।

महासंघले घटनाबाट देशभर ८४ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने हिन्दुको भावनामा चोट पुगेको तथा सामाजिक सदभाव र धार्मिक सहिष्णुतामा असर पुग्ने जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार