चितवनमा थप १७ जनालाई कोरोना पुष्टि

चितवनमा थप १७ जनालाई कोरोना पुष्टि

काठमाडौँ । चितवनमा थप १७ जनामा कोरोना भाइरस सक्रमण पोजिटिभ देखिएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र नवलपुरको गैँडाकोटका १ जनामा कोरोना सक्रमण देखिएको हो ।

प्रयोगशालकी प्रमुख डा. नितु अधिकारीका अनुसार संक्रमितहरु ६ देखि ७९ उमेर समूहका छन् । योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ५ सय १३ जना पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार