लिभरपुललाई पेनाल्टीमा स्तब्ध पारेर आर्सनलले जित्यो उपाधि

लिभरपुललाई पेनाल्टीमा स्तब्ध पारेर आर्सनलले जित्यो उपाधि

इंग्लिस प्रिमियर लिग विजेता लिभरपुललाई पेनाल्टीमा पराजित गरेर आर्सनलले एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

वेम्बली रंगशालामा शनिबार राति भएको खेलमा आर्सनलका पियर एमरिकले लागि निर्धारित समयमा एक सुन्दर गोल गरे भने टाइब्रेकरमा विजयी पेनाल्टी गोल गरेर टिमलाई जित दिलाए ।

१२ औँ मिनेटमा साकाको सहयोगमा एमरिकले गोल गरी आर्सनललाई सुरुवाति अग्रता दिलाए । ७३ औँ मिनेटमा मिनामिनोले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

बराबरीपछि पेनाल्टीमा एफए कप विजेता आर्सनलले ५–४ को जित दर्ता गरेको हो ।

लिभरपुलले लगातार दोस्रो वर्ष पेनाल्टीमा एफए कम्युनिटी शिल्ड गुमाएको हो । गएको वर्ष लिभरपुल म्यानचेस्टर सिटीसँग पेनाल्टीमा पराजित भएको थियो ।

आर्सनलको जितमा सधैँ महत्वपूर्ण रहँदै आएका एमरिक यो सिजन पनि सोही क्लबमा रहन सहमत भएको जनाइएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार