कालीकोटमा पहिरोले पुरिएर चार जनाको ज्यान गयो 

कालीकोटमा पहिरोले पुरिएर चार जनाको ज्यान गयो 

काठमाडौँ । कालीकोटको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। आइतबार बिहान गएको पहिरोमा पुरिएर मृत्यु हुनेमा शुभकालिका गाउँपालिकाकाे बडा नम्बर ६ का ४० वर्षीय परेश शाही, उनका ७ वर्षीया छोरी हीमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महीनाको छोरा अक्कल शाही रहेको प्रहरीले जनाएको छ।

उनीहरू नाग्म बजारमा किराना पसल गरी बस्दै आएका थिए। पहिरोमा परेर गम्भीर घाइते भएकी परेश शाहीकी श्रीमती ३५ वर्षीया पुन्ना शाही र तिलागुफा नगरपालिका–३ का ११ वर्षीय अर्जुन हमालको उद्धार गरि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्‍याइएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी श्यामबाबु ओलियाका अनुसार पहिरोमा परी बेपत्ता भएको आशंका गरिएका अन्य तीन जनाको खोजी कार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक यज्ञराज जोशीको नेतृत्वमा सशस्त्र प्रहरीसहित उद्धार टोली घटनास्थलमा खटाइएको डीएसपी ओलियाले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार