मन्त्रालयले भन्यो : स्वास्थ्यकर्मीका लागि क्वारेन्टिन व्यवस्थापन गर्नू, खर्च सरकारले व्यहोर्छ

मन्त्रालयले भन्यो : स्वास्थ्यकर्मीका लागि क्वारेन्टिन व्यवस्थापन गर्नू, खर्च सरकारले व्यहोर्छ

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्ने अस्पतालहरूलाई आफ्ना स्वास्थ्यकर्मीहरूका लागि क्वारेन्टिनको व्यवस्थापन गर्ने निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सबै अस्पताललाई आफ्ना स्वास्थ्यकर्मीका लागि क्वारेन्टिन अनिवार्य व्यवस्थापन गर्न सर्कुलर गरिएको जानकारी गराए।

यस्तै अस्पतालहरूले क्वारेन्टिनको व्यवस्था नगरे सम्बन्धित स्वास्थ्यकर्मीलाई मन्त्रालयमा खबर गर्न भनिएको छ। त्यसरी अस्पतालहरूले क्वारेन्टिन व्यवस्थापन गरे त्यसको खर्च अस्पतालहरूले मन्त्रालयमा सोधभर्ना गर्न पाउने गौतमले जनाए।

पछिल्लो समय स्वास्थ्यकर्मीहरूले सम्बन्धित अस्पतालहरूले क्वारेन्टिन व्यवस्थापन नगर्दा समस्या भएको गुनासो गर्न थालेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार