अर्जेन्टिनाका राष्ट्रपतिले गरे मेस्सीसँग यस्तो अपिल

अर्जेन्टिनाका राष्ट्रपतिले गरे मेस्सीसँग यस्तो अपिल

अर्जेन्टिनाका राष्ट्रपति अल्बेर्तो फेर्नान्डेजले लियोनल मेस्सीलाई आफ्नो बाल्यकालको घरेलु क्लब फर्किन सुझाव दिएका छन् । ३३ वर्षका मेस्सीले यो सिजन स्पेनिस ला लिगा क्लब बार्सिलोना छोड्न चाहेको बताएका छन् ।

उनले त्यसका लागि पत्र बुझाएसँगै विश्व फुटबलका ठूला क्लबहरु अनुबन्धनको होडमा छन् । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी यो होडमा सबैभन्दा अघि रहेको छ ।

उनी सिटीमा अनुबन्धित हुने सम्भावना बलियो रहेको खबर छ । तर बार्सिलोनासँगको अनुबन्धमा रहेको रिलिज क्लजका कारण समस्या भइरहेको छ ।

ला लिगाले रिलिज क्लब अहिले पनि प्रभावकारी रहेको र त्यो पूरा हुनु पर्ने बताएको छ । यस्तै बार्सिलोनाले मेस्सी यो अबको सिजन फुटबल नखेल्ने भए मात्रै स्वतन्त्र मूल्यमा क्लब छोड्न मिल्ने बताएको खबर पनि इएसपिएनले छापेको छ ।

तर यी चर्चाका बिचमा अर्जेन्टिनाका राष्ट्रपतिले मेस्सीले आफ्नो पुरानो नेवेल्स क्लब वल्ड बोइजमा फर्किन सुझाव दिएका हुन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार