बीपी प्रतिष्ठान धरानमा एकजना कोरोना संक्रमितको मृत्यु

बीपी प्रतिष्ठान धरानमा एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

सोमबार साँझ पौने ९ बजे सिहराको मिर्चैया –६ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन्।

डा. सापकोटाका अनुसार विराट मेडिकल कलेजबाट रेफर भएर प्रतिष्ठानमा भर्ना भएका ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेपछि शरीरका अंगहरु निश्क्रिय हुँदा दुईपटक डायलासिस गर्नुपरेको थियो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार