हरियाली भूमे गाउँपालिकाका बनाउन गाउँले जुटे

हरियाली भूमे गाउँपालिकाका बनाउन गाउँले जुटे

संगम देबकोटा
पुस १८ रुकुम पूर्व
रुकुम पूर्व भूमे गाउँपालिकाका स्थानियहरु गाउँमै विभिन्न प्रजातिका वोट विरुवाहरु उत्पादन गर्न थालेका छन ।

ग्रीण भूमे किलेन भूमे बनाउँने उद्देश्यले विभिन्न प्रजातिका वोट विरुवाहरु गाउँमै उत्पादन गर्न लागेका हुन । भूमे गाउँपालिका वडा नम्वर २ को काक्री र भूमे गाउँपालिका ३ को जितखोला कृषि वन भयावाङ नर्सरी बाट करिव १ लाख विरुवा उत्पादन गर्ने लक्ष्य रहेको कृषी भएवाङ नर्सरीका नाइके उदिराम पुनले जानकारी दिनुभयो ।

स्थानिय स्तरमा हुर्कन सक्ने कृषी तर्फ सुन्तला , कागती , अनार , अम्वा र वनतर्फ सल्ला , देउदार , मसला , धुपी , कोइरालो , बगाइना , ईपिल लगाएतका फलफूल तथा बोट विरुवाहरु उत्पादन गरी पहिला आफनो वडाहरुमा वितरण गर्ने र बाँकि अन्य वडाहरुमा वितरण गर्ने लक्ष्य रहेको रुकुमेली समाज विकास केन्द्र रुकुमद्धारा संचालित खाद्यसुरक्षा तथा वातावरण उद्यम प्रवर्धन कार्यक्रमका वन संयोजक कमलीस महराले जानकारी दिनु भयो ।

वर्षायाममा बाढी पहिरो जस्ता प्राकृतिक दैविक प्रकोपहरुबाट बच्न समेत टेवा पुग्ने संयोजक महराले बताउनु भयो । त्यस्तै उक्त कार्यक्रम बाट स्थानिय स्तरमा आमा समुह, महिला समुह , कृषी समुह र युवा समुहहरुलाई जिवन स्तर माथि उठाउँन विउँविजन बेमौसमी तरकारी र विभिन्न विधालयहरुका गरिव तथा जेहेन्दार विधार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गर्ने जिल्ला कार्यक्रम संयोजक उत्तम अर्यालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम त्म्ज््द्यःश् जर्मनको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिम् र हुरेड– कार्स रुकुम पूर्वको साझेदारीमा भूमे गाउँपालिकाको वडा नं १, २, ३ र सिस्ने गाउँपालिकाको वडा नं ३, ४, ५ र ६ मा संचालन गरिएको र उक्त कार्यक्रम आगामी ३ वर्ष सम्म लागु हुने संयोजक अर्यालले बताउनु भयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार