२४ घण्टामा थप १०६९ जनामा कोरोना पुष्टि

२४ घण्टामा थप १०६९ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा नोपलमा थप १०६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ४४ महिला र ७ सय २५ जना पुरुष गरी कुल १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

योसँगै देशभर कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १८ हजार १ सय १२ जना सक्रिय संक्रमित छन् । १० हजार ८ सय ३२ रहेको छ भने ७ हजार २ सय ८० जना होम आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ७६८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २२ हजार १७८ पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ५५ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म कुल परीक्षण ७ लाख ५ हजार ५६० जना गरिएको मन्त्रालयले जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार