एण्डी मूरे युएस ओपनको दोस्रो चरणमा

एण्डी मूरे युएस ओपनको दोस्रो चरणमा

बेलायती एण्डी मूरे युएस ओपन टेनिसको पहिलो चरणको खेलमा शानदार पुनरागमनसहित जित निकाल्न सफल भएका छन् ।

मूरेले टेनिसको एकल स्पर्धामा लामो समयपछि शानदार प्रवेश गरेका हुन् । उनले योशिहितो निशिओकालार्य पराजित गरेर युएस ओपनको दोस्रो चरणमा स्थान पक्का गरेका हुन् ।

३३ वर्षका मूरे सुरुका दुई सेटमा पछि परे पनि त्यसपछि पुनरागमन गर्न सफल भएका हुन् । उनले निशिओकासँगको खेलमा ४–६, ४–६, ७–६ (७–५, ७–६ (७–४) र ६–४ को सेटमा जित निकालेको हुन् ।

हिपको शल्यक्रिया पूर्व मूरेले अन्तिमपटक सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको एकल स्पर्धामा भाग लिएका थिए । त्यसपछि उनी पहिलो पटक ग्राण्ड सलामको एकल स्पर्धामा सहभागी भएका हुन् ।

मूरे दोस्रो चरणमा १५ औँ बरियताका क्यानडियन खेलाडी फिलिक्स अगेर–एलिएसिमीसँग प्रतिस्पर्धा गर्ने छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार