नेपाल क्रिकेट संघद्धारा प्रमुख प्रशिक्षकका लागि आवेदन आह्वान

नेपाल क्रिकेट संघद्धारा प्रमुख प्रशिक्षकका लागि आवेदन आह्वान

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकका लागि आवेदन दिन आह्वान गरेको छ। इंग्ल्याण्ड क्रिकेट बोर्ड अथवा अस्ट्रेलियन क्रिकेट बोर्डबाट कोचिङ लेबल(३ कोर्स गरेको हुनुपर्ने, आईसिसीको पूर्ण सदस्य, प्रथम श्रेणी टोली, आईसिसी एसोसिएट राष्ट्रिय टोली वा अन्तर्राष्ट्रिय लिगमा कम्तीमा तीन वर्ष प्रशिक्षक भएर काम गरेकाले आवदेश दिन सक्नेछन्।

आवेदकको उमेर ६० वर्ष ननाघेको पुरुष हुनुपर्ने छ। क्यानले महाप्रबन्धक, चिफ फाइनान्स अफिसर, क्रिकेट म्यानेजर र सातवटै प्रदेशका लागि प्रशिक्षकका लागि पनि आवेदन आह्वान गरेको छ।

प्रमुख प्रशिक्षकको तलब आपसी समझदारीमा निर्धारण गरिने उल्लेख छ । आवेदन सेप्टेम्बर २३ सम्ममा दिनुपर्ने क्रिकेट संघले जानकारी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार