कोरोना केही होइन भनेर नसोचौँ : डा. ज्ञानेन्द्रमानसिंह कार्की

कोरोना केही होइन भनेर नसोचौँ : डा. ज्ञानेन्द्रमानसिंह कार्की

काठमाडौँ । सरकार, विभिन्न संघ संस्था र सामाजिक सञ्जालमा कोरोनाबाट जोगिन सचेत गराउने काम भइरहेको छ । कतिपयले सामाजिक सञ्जालमा कोभिड–१९ केही पनि होइन भनिएको छ । केही डाक्टरले समेत पीपीइ नलगाइ बेसार पानीले निको हुन्छ भनेको पनि सुनियो ।

यस्तो कुराले कोरोना नियन्त्रणका लागि सरकारले गरेको प्रयासलाई धमिल्याउन सक्छ । कोरोनाबाट डराउने स्थिति नहोला तर केही पनि होइन भनेर भुल नगरौँ । जनमानसमा जवान मान्छेलाई असर गर्दैन भन्ने भ्रम छ । दीर्घरोगी, बालबालिका, र ज्येष्ठ नागरिकलाई असर गर्छ भनेर अरू घुमेको देखिन्छ । चाहे जवान होस् चाहे ज्येष्ठ नागरिक यो रोगले कसैलाई पनि छोड्दैन ।

तीता अनुभव मसँगै छ । सिनियर चिकित्सक भएकाले विभिन्न ठाउँमा कार्यक्रममा कोरोनाबारे सचेतना फैलाउँदै हिँडेको थिएँ । तर, म आफैँ संक्रमणमा परे । समयमा उपचार नपाएको र काठमाडौं नआएको भए आज मेरो १८ दिन सकिन्थ्यो । मृत्युको मुखबाट बाँचेर आएको छु । मेरो स्थिति नाजुक थियो ।

उपचारमा संलग्न डाक्टरहरूले कुनै दिन माया मार्नु भएको थियो । रोग लाग्नुभन्दा नलाग्न दिनु नै उत्तम हो । सरकारले कोभिडको सुझाव दिँदै आएको छ । सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, हात धुने म पनि यही कुरामा जोड दिन्छु । इमानदारिताकासाथ नियमम पालना गर्‍यौँ भने संक्रमणबाट जोगिन सकिन्छ ।

अझ स्वास्थ्यकर्मीले प्रभावकारी रूपमा सावधानी अपनाएर काम गर्न जरुरी छ । स्वास्थ्यकर्मी स्वास्थ रहयो भने मात्र समाज स्वास्थ रहन्छ । एकजना डाक्टर गुमायौँ भने गाह्रो हुन्छ । एउटा डाक्टर तयार पार्न ४० वर्ष लाग्छ । यो जटिल परिस्थितिमा खाफू पनि सजग रहने अरूलाई पनि सचेत गराउने हो ।

कोरोना लागेपछि हेर्न दृष्टिकोण राक्षसी प्रवृत्ति छ । जो सुकै व्यक्तिलाईे जतिबेला पनि लाग्न सक्छ । त्यसैले संक्रमितको मनोबल गिराउने हेप्ने काम कसैले पनि नगरौँ । जुनसुकै कठिन परिस्थितिमा पनि मानव भएर बाचौँ । आज गरेको गल्तीले भोली आत्मग्नाली नहोस् । (कोरोना संक्रमणमुक्त भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोलको सम्पादित अंश)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार