सेरेना युएस ओपन टेनिसको क्वाटरफाइनलमा

सेरेना युएस ओपन टेनिसको क्वाटरफाइनलमा

अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छन्। ६ पटककी विजेता विलियम्सले १५ औँ बरियताकी ग्रिक खेलाडी मारिया साकारीलाई पराजित गरेर अन्तिम ८ मा स्थान बनाएकी हुन् ।

३८ वर्षकी विलियम्सले मारियालाई ६–३, ६–७ ९६–८० र ६–३ को संघर्षपूर्ण सेटमा जित निकालेकी हुन्। तेस्रो बरियताकी विलियम्सले सेमिफाइनल प्रवेशका लागि अब बुल्गेरियाकी स्भेताना पिरोन्कोभासँग प्रतिस्पर्धा गर्ने छिन् ।

सन् २०१७ को विम्बल्डन टेनिसपछि पहिलो पटक कुनै प्रतिस्पर्धामा सहभागी भएकी उनले फ्रान्सेली खेलाडी एलिज कोर्नेटलाई ६–४, ६–७ ९५–७० र ६–३ को सेटमा पराजित गरेर अन्तिम ८ मा स्थान बनाएकी हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार