नेकपा जिल्ला सदस्य तेजेन्द्र खाम काँग्रेसमा प्रवेश

नेकपा जिल्ला सदस्य तेजेन्द्र खाम काँग्रेसमा प्रवेश

मुसिकोट । पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित एक दर्जनबढी नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेरा निवासी पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हाल नेकपाका जिल्ला सदस्य तेजेन्द्र खामसहित रुकुम पूर्वका दर्जन बढी नेकपाका कार्यकर्ताले आफ्नो पार्टीमा प्रवेश गरेको नेपाली कांग्रेस रुकुम पूर्वका सभापति केशरमान रोकाले जानकारी दिए ।

तीनै तहमा नेकपाको सरकार भए पनि नेताहरू जनताको पक्षकाभन्दा पनि आफ्नो व्यक्तिगत फाइदाका लागि मात्रै काम गरेकाले आफूले नेकपा पार्टी छाडेको तेजेन्द्रले बताए । सर्वहारा वर्ग र गरिब, दलित, महिला, जनजातिको अधिकारका लागि युद्व लडेका नेताहरू अहिले भ्रष्ट्रचारमा सक्रिय भएकाले नेकपामा रहेर जनता र मुलुकको पक्षका काम गर्न नसकिने उनको भनाइ छ ।

नेकपाका नेताहरुलाई देश र जनताको विकासप्रति चिन्ता नभएकाले सबै नेपाली कांग्रेसमा आवद्ध हुनुपर्ने उनको जोड थियो । देशमा भएका ठूला परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेकाले अब युवा बेरोजगारीको अन्त्य गरेर समृद्ध नेपाल बनाउनका लागि कांग्रेसले मात्रै सक्ने भएकाले सबै युवाहरुले सहयोग गर्नुपर्ने तेजेन्द्रको भनाइ छ ।

नव्रवेशीहरुलाई नेपाली कांग्रेस रुकुम पूर्वका जिल्ला सभापति केशरमान रोकाले अविरआवरण र माला लगाएर स्वागत गरेका थिए । कांग्रेस जनताको पार्टी भएकाले सधैं आफूले हारेर भएपनि मुलुक र जनतालाई जिताउँदै आएको उनको दाबी छ ।
‘स्थानीय तहको निर्वाचनमा युवाहरुलाई आफ्नो पार्टीको सरकार बनेपछि गाउँमै रोजगारीको व्यवस्था गर्ने आवश्वास दिइयो,’ सभापति रोकाले भने, ‘तर तीनै तहमा सरकारको नेतृत्व गरेका नेकपाका नेताहरु भ्रष्टचार र आफन्तलाई संरक्षण गर्ने बाहेक अरु केही काम गर्न नसक्दा युवाहरु कांग्रेसमा प्रवेश गर्नेको तहर नै चलेको छ ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार