भारत र चीनबीच सीमामा जारी तनाव कम गर्न सहमति

भारत र चीनबीच सीमामा जारी तनाव कम गर्न सहमति

भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा ९एलएसी०मा जारी तनाव कम गर्न पाँच बुँदे सहमति भएको छ । भारतीय विदेश मन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वांग यीबीच रुसको मस्कोमा भएको भेटवार्तामा पाँच बुँदे सहमति भएको समाचार संस्था एएनआईले जनाएको छ।

सीमामा तनाव कम गर्न दुवै देशका विदेशमन्त्रीको बैठकले पाँच बुँदे सहमति गरेको समाचारमा उल्लेख छ। तर बैठकमा भएका ठोस सहमति भने सार्वजनिक गरिएको छैन।

बैठकमा भारतका विदेश मन्त्री जयशंकरले एलएसीमा जारी तनाव थप बढाउने पक्षमा भारत नरहेको र चीनसँगको भारत नीतिमा पनि कुनै परिवर्तन नरहेको स्पष्ट पारेको एएनआईले उल्लेख गरेको छ। चीनको भारत नीतिमा पनि कुनै परिवर्तन नभएको विश्वास भारतलाई रहेको विदेशमन्त्री जयशंकरले बैठकमा बताएका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार