कर्णाली प्रदेशमा थप ३० जनालाई कोरोना संक्रमण

कर्णाली प्रदेशमा थप ३० जनालाई कोरोना संक्रमण

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार कर्णालीका ८ जिल्ला र अन्य प्रदेशका ५ जिल्लाका ३० जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका ९ जना, दैलेख र जुम्लाका तीन/तीन जना, बर्दियाका एकजना, कालीकोट र सल्यानका दुई दुईजना, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, काठमाडौं, ताप्लेजुङ, ललितपुर र गुल्मीका एक/एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २७५५ पुगेको छ ।

यस्तै शुक्रबारसम्म प्रदेशभर ३७० जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु पुष्टि भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार