वाह! छोरा होस् त यस्तो

वाह! छोरा होस् त यस्तो

मुसिकोट । आजभोली जुनसुकै मान्छे कुनैनकुनै पेसामा आबद्ध भएकै हुन्छन । कुनैले सरकारी जागिर खालान, कसैले प्राइभेट त कसैले आफ्नो इलम उद्दम गरेर आत्मनिर्भर भएकै हुन्छन । तर मुख्य कुरा तपाईहरु आफुले कमाएकाे रकम बचाउनुहुन्छ्की बचाउनुहुदैन ? बचाए पनि कहाँ, कसलाई दिनुहुन्छ ? कहाँ राख्नुहुन्छ ? पक्कै पनि आफुसङगै राख्नुहुन्छ होला ।

अलि अलि क्रान्तिकारी ठाने आफ्ना श्रीमान वा श्रीमतीलाई दिनुहुन्छ होला तर रुकुम पश्चिमका एउटा यस्ता ब्यक्ति छ्न जसले आफ्नो सबै कमाई आफ्नाे आमालाई बुझाउछ्न । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१४ स्थित जनबिकास माबि ज्यामिरकोटका पुर्व प्रधानाध्यापक एवम अहिलेका शिक्षक शेर बहादुर मल्लले आफ्नो सबै आम्दानी आमालाई बुझाउदै आउनुभएको छ ।

एक वर्सदेखी होईन, दुईवर्सदेखि होईन उहाँले जागिरमा जोडिएको २०५२ सालदेखि आमालाई तलभ बुझाउदै आउनु भएको हो । उहाँकाे आमाले तलभ बुझाउनु पर्छ भनेर पनि उहाँले बुझाएको होईन । आफ्नै सुझबुझ र आफ्ना लागि पैसा भन्दा आमा नै सबैथोक भएकोले आमालाई बुझाएको शेर बहादुरको भनाई छ । शेर बहादुरकि आमा बुद्धि मल्ल भन्नुहुन्छ – तेरो कमाई त आफैसङग राख बाबू मलाई के चाहिन्छ ? भन्दा पनि मान्दैन, जागीरेमा जोडिएदेखि मलाई नै बुझाउदै आएको छ, भन्नुभयो । हुनत शिक्षक शेर बहादुरले खर्चपानी आमा बाट माग्ने गर्नुभएको छ । यस्तो ईमानदार र बफादार व्यक्तिको बानि देखेर गाउँलेसमेत चकित परेका छ्न ।

बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष हरिप्रसाद शर्माले भन्नुभयो – हो, मैले थाहा पाएदेखि पनि उहाँले आफ्नो कमाई आमालाई दिदै आउनुभएको हो, हामी पनि उहाँको बानिदेखी चकित छौ ,। पछिल्लोपटक धेरै ब्यक्तिहरुले आफ्ना वृद्धआमा बालाई राम्रो सङग पालनपोषण नगर्ने र वृद्धाश्रममा समेत धमाधम राख्ने गरेको समयमा आफ्नो कमाई बा आमालाई बुझाउने कमै मात्र पाईन्छ्न ।

उता प्रधानाध्यापक दिपक सङगम थापाले आफ्नो बिद्यालयमा ईमान्दार कर्मचारी पाएकोमा खुसी हुदै उहालाई धन्यवाद दिनुभयो । प्रअ थापाले भन्नुभयो- अरु कर्मचारी र छोराछोरीले पनि उहाँ बाट धेरै पाठ सिक्नुपर्छ । आफ्ना बृद्ध आमाबालाई बृद्धाश्रममा होईन घरमा नै सम्मान जनक तरिकाले बसाल्नु पर्नेमा बि ब्य स अध्यक्ष हरिप्रसाद शर्माले जोड दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार