जान्दाजान्दै गुमाइयो ओठको हाँसाे

जान्दाजान्दै गुमाइयो ओठको हाँसाे

साच्चै जानीजानी हारेको जिन्दगी छ मसङ्ग
हाँसाे अनि खुसि टारेको जिन्दगी छ मसङ्ग


आफन्तले त भन्दै थिए प्रेमको लतमा नपरेस
तर आफू खुसी बिगारेको जिन्दगी छ मसङ्ग


खाली काँडै काँडाकाे भुमरीमा पिल्सिदै छु
आज प्रिर्ति फुल जत्ती सबै झारेको जिन्दगी छ मसङ्ग


जिन्दगीको गन्तव्यमा अटल सुर्य साँची राखी
यथार्थमा घडेरी झै खारेको जिन्दगी छ मसङ्ग


माया के हो ? ममता के हो ? नसोध मलाइ
भैगो सब्बैले माया मारेको जिन्दगी छ मसङ्ग।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार