पिएसजीले दर्ता गर्‍यो निकै मुश्किलले लिगमा सिजनको पहिलो जित

पिएसजीले दर्ता गर्‍यो निकै मुश्किलले लिगमा सिजनको पहिलो जित

च्याम्पियन पेरिस सेन्ट–जर्मेन ९पिएसजी० ले फ्रेन्च लिग वानको नयाँ सिजनमा तेस्रो खेलमा आएर पहिलो जित दर्ता गरेको छ । सुरुका दुई खेलमा पराजित भएको पिएसजीले बुधबार राति भएको खेलमा मेट्जमाथि १–० को जित दर्ता गरेको हो।

घरेलु मैदानमा भएको खेलमा इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा जुलियन ड्रेक्सलरले गरेको गोल नै पिएसजीको जितमा निर्णायक बन्यो । त्यसअघि दोहोरो पहेँलो कार्ड पाएर आब्दू डियालो ६५ औँ मिनेटमा मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो ।

सन् १९८४–८५ को सिजन यता पहिलो पटक लिगका सुरुका दुई खेलमा पराजित भएको पिएसजीले तेस्रो खेलमा पनि निकै मुश्किलले जित निकालेको हो । पिएसजीले सन् २०१० यता अहिलेसम्म लिगमा लगातार तीन खेलमा हार बेहोरेको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार