सल्यानमा शैक्षिक संस्था सञ्चालन गर्न प्रतिबन्ध

सल्यानमा शैक्षिक संस्था सञ्चालन गर्न प्रतिबन्ध

सल्यान । सल्यानमा कोरोना संक्रमण फैलिँदै गएपछि प्रशासनले एक सूचना प्रकाशन गरी शैक्षिक संस्था सञ्चालन तथा सभा सम्मेलन गर्न प्रतिबन्ध लगाएको छ । जिल्ला सदरमुकामलगायत विभिन्न स्थानमा तीव्र रुपमा कोरोना संक्रमण फैलिँदै गएपछि प्रशासनले शैक्षिक संस्था सञ्चालन तथा सभा सम्मेलनमा रोक लगाएको हो ।

जिल्लाका अधिकांश विद्यालयमा पढाइ भइरहेकाले कोरोनासम्बन्धी जटिल अवस्था सिर्जना हुन नदिन तत्कालका लागि रोक्न प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले जिल्लाका सबै स्थानीय तहअन्तर्गतका विद्यालयलाई आग्रहसमेत गरेका छन् ।

अर्को सूचना प्रकाशन नगर्दासम्मका लागि भन्दै स्थानीय तह तथा विद्यालयमा शुक्रबारदेखि नै पठनपाठन बन्द गर्न सूचना समेत पठाइसकेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

दैनिक उपभोग्य बस्तु किनमेलका लागि बिहान ६ बजेदेखि नौ बजेसम्म पसलहरु सञ्चालन गर्न पाइने र महत्वपूर्ण काम तथा मजदुरले दूरी कायम गरी काम गर्नु पर्ने व्यवस्था मिलाइएको उनले जानकारी गराएका छन ।

जिल्ला प्रशासन कार्यालय सल्यानले जारी गरेको सूचना 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार