म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी लिग कपको क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी लिग कपको क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेड लिग कप (इएफएल कप) अर्थात काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको चौथो चरणको खेलमा ब्राइटनमाथि ३–० को जित निकाल्दै म्यानचेस्टर युनाइटेडले अन्तिम ८ मा स्थान पक्का गरेको हो । युनाइटेडको जितमा स्कट म्याकटोमिने, ख्वान माता र पउल पोग्बाले गोल गरे ।

स्कटले ४४ औँ मिनेटमा गोल गरी अवे मैदानमा युनाइटेडलाई अग्रता दिलाए । माताले ७३ औँ मिनेटमा अग्रता दोब्बर पारे भने पोग्बाले ८० औँ मिनेटमा गोल गरेपछि टिम ३–० ले विजयी भयो ।

यस्तै बुधबार राति नै भएको खेलमा म्यानचेस्टर सिटी पनि बर्नलीमाथि ३–० को जित निकाल्दै अन्तिम ८ मा पुगेको छ । अवे मैदानमा भएको खेलमा सिटीका लागि रहीम स्ट्रर्लिङ्गले ३५ र ४९ औँ मिनेटमा गरी दुई तथा फेरान टोरेसले ६५ औँ मिनेटमा गोल गरेका हुन् ।

यसैगरी वेष्ट ह्यामलाई ४–१ ले पराजित गरेर एभर्टन तथा न्यूपोर्टलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेर न्यूक्यासल पनि क्वाटरफाइनलमा पुगेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार