लिभरपुलका साडिओ मानेलाई कोभिड-१९

लिभरपुलका साडिओ मानेलाई कोभिड-१९

लिभरपुलका फरवार्ड साडिओ मानेमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि उनी सेल्फआइसोलेशनमा बसेका छन् । तीन दिनअघि क्लबका मिडफिल्डर थिएगो अल्कान्तारा पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए।

साडिओ मानेमा संक्रमणको न्यून लक्षण देखिएको र स्वास्थ्य अवस्था राम्रो रहेको लिभरपुलले जनाएको छ। २८ वर्षका मानेले गएको सोमबार प्रिमियर लिगमा आर्सनललाई ३–१ ले पराजित गर्ने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

तर बिहीबार भएको लिग कपको खेलमा भने माने टिममा थिएनन्। लिग कपमा लिभरपुल आर्सनलसँग पराजित भएको थियो । मानेले यो सिजन क्लबका लागि तीन गोल गरिसकेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार