बहराइनका राजकुमारको टोलीले सोमबार लुबुचे हिमाल आरोहण गर्दाका तस्बिरहरु

बहराइनका राजकुमारको टोलीले सोमबार लुबुचे हिमाल आरोहण गर्दाका तस्बिरहरु

काठमाण्डौ । नेपालमा सन् २०२० कै पहिलो हिमाल आरोहण अन्तर्गत सोलुखुम्बुको लुबुचे हिमाल आरोहण गरेर फर्किएको आरोहण टोली मङ्गलबार गोरखाको मनास्लु हिमाल आरोहणका लागि जाने भएको छ ।

बहराइनका राजकुमार नासिर बीन हमदसहितको टोली भोलि मनास्लुतर्फ जान लागेको पर्यटन विभागले जनाएको छ । यो टोलीले गएको शनिबार छ हजार एक सय १९ मिटर अग्लो लुबुचे हिमाल आरोहण गरेको थियो ।

आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि त्यहाँ बाटो बनाउने काम भइरहेको र टोलीले मङ्गलबार त्यहाँको यात्रा सुरु गर्ने आरोहणको संयोजन गरिरहेको सेभेन समिट ट्रेक प्रालीले जनाएको छ ।

 तस्बिर : सेभेन समिट ट्रेक प्रालीकाे फेसबुक पेजबाट  

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार