एडिन्सन काभानी म्यानचेस्टर युनाइटेडमा

एडिन्सन काभानी म्यानचेस्टर युनाइटेडमा

फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का पूर्व स्ट्राइकर एडिन्सन काभानी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् ।

३३ वर्षका काभानी गएको जुन अन्त्यमा पिएसजीबाट बाहिरिएका थिए । उरुग्वेका खेलाडी काभानीले इंग्लिस क्लब म्यानचेस्टर युनायटेडसँग एक वर्षको सम्झौता गरेका हुन् ।

उनले क्लब प्रतिस्पर्धामा ५५६ खेलमा ३४१ गोल गरेका छन् । त्यसमध्ये उनले पिएसजीबाट ३०१ खेलमा कीर्तिमानी २०० गोल गरेका छन् । काभानीले उरुग्वेबाट ११६ खेलमा ५० गोल गरेका छन् ।

उनले म्यानचेस्टर युनाइटेडबाट खेल्ने पहिलो खेल च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत अक्टोबर २० मा पिएसजीसँग हुने खेल बन्न सक्ने छ । त्यसअघि युनाइटेडले प्रिमियर लिगमा अक्टोबर १७ मा न्यूक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्ने छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार