जर्मनीलाई टर्कीले बराबरीमा रोक्यो

जर्मनीलाई टर्कीले बराबरीमा रोक्यो

जर्मनीलाई टर्कीले बराबरीमा रोकेको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा जर्मनी टर्कीसँग ३–३ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा १–० को अग्रता लिएर पनि जर्मनीले त्यसलाई जोगाउन सकेन।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा जुलियन ड्रेक्सलरले गोल गरी जर्मनीलाई अग्रता दिलाएका थिए । तर ४९ औँ मिनेटमा ओजान तुफानले टर्कीका लागि बराबरी गोल गरे ।

५८ औँ मिनेटमा फ्लोरियन नोयहाउसले जर्मनीका लागि गोल गरे । ड्रेक्सलर र नोयहाउसको गोलका लागि काई हाभर्ट्जले सहयोग गरेका हुन् ।

टर्कीका लागि इफेचान कारचाले ६७ औँ मिनेटमा गोल गरे । ८१ औँ मिनेटमा गियान–लुका वाल्डस्मिटले गोल गरी जर्मनीलाई फेरि अग्रता दिलाए । तर इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा केनान कारामनले गोल गरी टर्कीलाई हारबाट जोगाए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार