विश्व विजेता फ्रान्स र युरोपियन च्याम्पियन पोर्चुगल जित बिहीन

विश्व विजेता फ्रान्स र युरोपियन च्याम्पियन पोर्चुगल जित बिहीन

विश्व विजेता फ्रान्स र युरोपियन च्याम्पियन पोर्चुगलले नेशन्स लिगमा जित निकाल्न सकेनन्। केलियन एमबाप्पे र क्रिष्टियानो रोनाल्डो आइतबार राति भएको खेलमा गोल गर्न असफल भए ।

घरेलु मैदानमा भएको खेलमा विश्व विजेता फ्रान्स र युरोपियन च्याम्पियन पोर्चुगलले गोलरहित बराबरी खेलेका हुन् । समूह ए थ्री मा रहेका यी दुई टिमको खेलमा गोल गर्ने प्रयास दुवै तर्फबाट भएको थियो ।

तर सफल कोही पनि हुन सकेनन् । सन् २०१६ को युरोकपमा जित निकालेको मैदानमा यसपटक भने फ्रान्सलाई पराजित गर्न सकेन ।

३५ वर्षे रोनाल्डोले राष्ट्रिय टिमबाट गरेको गोलको खातामा १०१ गोलमा अर्को गोल जोड्न सकेनन् ।

२१ वर्षका एमबाप्पेले गोल गर्ने राम्रा मौका बनाए र त्यसमा आफ्नो खेल कौशल प्रदर्शन गरे । तर गोल गर्न भने सकेनन् । यस्तै राष्ट्रिय टिमबाट ४२ गोल गरेका ओलिभर जिरउडले पनि गोल गर्न सकेनन् ।

बराबरीपछि तीन खेलबाट सात अंकसहित पोर्चुगल शीर्ष स्थानमा तथा सात अंक नै भएको फ्रान्स दोस्रो स्थानमा छन् ।

सोही समूहको अर्को खेलमा क्रोएसियाले स्वीडेनलाई २–१ ले पराजित गरेको छ।

आइतबार राति नै भएको समूह ए वानको खेलमा इटाली र पोल्याण्डले गोलरहित बराबरी खेलेर अंक बाँडेका छन् । पाँच अंकसहित इटाली शीर्ष स्थानमा छ भने चार अंकसहित पोल्याण्ड तेस्रो स्थानमा रहेको छ । सोही समूहको अर्को खेलमा नेदरल्याण्डस् र बोज्निया–हर्जगोविनाले गोलरहित बराबरी खेलेका छन् ।

आइतबार राति भएका अरु खेलमा वेल्स र रिपब्लिक अफ आयरल्याण्ड तथा अल्बानिया र काजखस्तानले पनि गोलरहित बराबरी खेलेका छन् ।

यस्तै अर्मेनिया र जर्जिया तथा लिथुवानिया र बेलारुसले २–२ र इस्टोनिया र उत्तरी मेसेडोनियाले ३–३ को बराबरी खेलेका छन् । यसैगरी फिनल्याण्डले बुल्गेरिया तथा ग्रीसले माल्डोभालाई समान २–० ले पराजित गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार