पूर्वी नवलपरासीका एक कोरोना संक्रमितको चितवनमा मृत्यु

पूर्वी नवलपरासीका एक कोरोना संक्रमितको चितवनमा मृत्यु

चितवन । चितवनमा पूर्वी नवलपरासीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मध्यविन्दु- १५ का ७५ वर्षीय पुरुषको मंगलबार राति मत्यु भएको हो । कोभिड आईसीयूमा उपचाररत ती पुरुषको राति १०:२० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

असोज १८ गते श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनमा असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनमा कोरोना संक्रमणबाट जिल्लाका ३८ जना र जिल्ला बाहिरका २९ जनाको मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार