एक ढिको जुम्ली नुन

एक ढिको जुम्ली नुन

दाइ साँहिला !
धर्तीमा
सिंगापुर वा स्वीजल्या्ड
सुनाउन र भन्नको निम्ति
अर्को कुनै देश छ बाँकी ?
किनकि
अब छिट्टै
आसन्न चुनावको
रिहर्सल हुदैछ
सम्भाषणमा
फेरिपनि
तिम्रो गाउँ
सिंगापुर हुने भएको छ ।। १ ।।
अघिल्लो चुनावको
चुनावी सम्भाषणमा
तिम्रो गाउँमा आउने
सडक बाटोको
कागजी डिपिआर
सबैलाई देखाउँथे
यसपालि
त्यो सडक बन्यो कि नै ?
मेलम्चीको पानीले
राजधानीलाई
सफाचट गर्ने कुरा थ्यो
मेलम्चीको पानी
पुग्यो कि नै ? ।। २ ।।

 

भोकमरीले आक्रान्त
तिम्रो गाउँमा
अमनचैनको बाँसुरी बजाउँदै
सत्ताका दावेदारहरूको
एउटा कुटिल मोर्चा
बनेको सुन्यौ कि नै ?
अघिल्लो चुनावको
चुनावी सम्भाषणमा
उनीहरू
तिम्रो प्रदेश
कर्णालीलाई
सुनको प्रदेश
बनाउने कुरा थ्यो
बरू एक ढिको
जुम्ली नुन पायौ कि नै ? ।। ३ ।।
लेखक नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष तथा साहित्यकार हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार